बंगलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त

बंगलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त

 

एजेन्सी : अवामी लिग पार्टीकी नेतृ शेख हसिना बंगलादेशको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लिगकी नेतृ शेख हसिनालाई हिजो देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

हसिनाको यो लगातार चौथो कार्यकाल हो।

अवामी लिगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणा समेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ।

प्रतिपक्षी दलको बहिष्कारका बाबजुद पनि आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित हिजो सांसद पदको शपथ लिएकी थिइन्।

निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लिगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ।

२६ पुस, २०८०, १७:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।