सफ्टेरिका कलेजले टेडेक्स टक गर्दै

सफ्टेरिका कलेजले टेडेक्स टक गर्दै

काठमाडौँ : सफ्टेरिका कलेज कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड हलमा टेडेक्स टकको आयोजना हुने भएको छ। जनवरी १२ मा अतीतलाई अँगाल्नु र भविष्यलाई कल्पना गर्नु  शीर्षकमा कार्यक्रम हुन लागेको हो।

टेडेक्स टकमा खल्ती एपमा सिइओ  विनय खड्का, ठमेल डटकमका को फाउन्डर बालकृष्ण जोशी, आउटरिच नेपालका उज्य शाक्य लगायतले आफ्ना अनुभव र धारणा राख्ने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम आयोजक तथा सञ्चालक स्वप्निल बिस्टले नेपालमा विचार, कल्पना, र सृष्टि गर्ने व्यक्तिहरूलाई मिलेर एक स्थानमा छलफल गराउने मञ्चको निर्माणका लागि कायक्रमको आयोजना गरिएको बताए।

२५ पुस, २०८०, १८:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।