मंगलबार पक्राउ परेका बम्जनबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलन गर्दै

मंगलबार पक्राउ परेका बम्जनबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : तपस्वी रामबहादुर बम्जन पक्राउको विषयमा जानकारी दिँदैछ।

त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिउँसो १ बजे कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ।

मंगलबार सीआईबीले काठमाडौंको बुढानीलकण्ठबाठ पक्राउ गरेको थियो।

सीआईबीले उनको निवासबाट ३ करोड भन्दा बढी नेपाली रुपैयाँसहित विदेशी मुद्रा बरामद गरेको छ।

अनुयायी बेपत्ता पारेको आरोपमा उनीविरुद्ध ठाउँ–ठाउँमा किटानी जाहेरी छन्। उनलाई सुरुमा सर्लाही लगेर म्याद थपेपछि अन्य जिल्लामा पनि लैजाने ब्यूरोले जनाएको छ।

बम्जनमाथि बाराको हल्खोरियास्थित आश्रममा बसेको बेला सर्लाहीकी रीता बोटलाई बेपत्ता बनाएको आरोप छ। २०७५ को पुसमा रीताकी आमाले किटानी जाहेरी दिएकी थिइन्।

त्यसबाहेक बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइलालाई पनि बेपत्ता पारेको आरोप पनि उनीमाथि छ।

२५ पुस, २०८०, ११:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।