‘चित्रा’ टिमसँग अन्जनाको मनमुटाव !

‘चित्रा’ टिमसँग अन्जनाको मनमुटाव !
तस्बिर- अञ्जनाको फेसबुक

काठमाडौंं : आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘चित्रा’का अभिनेत्रीहरू फिल्मको प्रचारमा देखिएनन्। फिल्म प्रमोशनमा नदेखिएका अभिनेत्रीहरू शुभेच्छा खड्का, अन्जना बराइली, मेनुका प्रधान फिल्मको प्रिमियरमा समेत आएनन्।

आफैँ अभिनित फिल्मको फिल्मको प्रिमियरमा समेत अभिनेत्रीहरू नदेखिँदा कतै निर्माण पक्षसँग मनमुटाव त भएको हैन? प्रश्न उठ्ने नै भयो।

निर्माण पक्षले विशेष कामका कारण शुभेच्छा अमेरिका गएको बताउँदा अन्य दुई नायिकको विषयमा यही नै हो भनेर जवाफ दिन सकेनन्। अभिनेत्रीद्वय मेनुका र अन्जना काठमाडौंमै छन्।

अभिनेत्रीहरूसँग निर्माण पक्षको मनमुटाव भएको भन्ने उकेराको प्रश्नमा फिल्मका अभिनेता तथा कार्यकारी निर्माता समेत रहेका सन्तोष अधिकारीले ठाडै अस्वीकार गरे। उनले कसैसँग मनमुटाव नभएको दाबी गरे। 

सानो भूमिका भएकाले पनि अन्जना फिल्मको प्रिमियरमा नआएको गाइँगुइँ हल्ला प्रिमियरमै चलिसकेको थियो। तर, कसैले एकिन गर्न सकेनन्।

फिल्मका उनको भूमिका छोटो भएता पनि मुख्य देखिन्थ्यो। अर्पणको जोडीका रूपमा उनी फिल्ममा देखिएकी छन्।

‘महापुरुष’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी अन्जना पछिल्लो समय ‘पुजार सार्की’को वर्कशपमा व्यस्त छिन्।

यो समाचार तयार पार्दासम्म सामाजिक सञ्जालमा ‘चित्रा’ फिल्मको उनले कतै पनि नामसमेत लिएको देखिँदैन।

हुन त डेब्यु फिल्म ‘महापुरुष’ नै हिट भएपछि सानोतिनो फिल्मको के प्रचार गर्नु भन्ने पो अञ्जनालाई लाग्या हो वा निर्माण टिमसँग उनको केही चित्त दुखाइ थियो? त्यो उनीहरू नै जानून्।

२४ पुस, २०८०, १३:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।