काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको २५ लाख सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको २५ लाख सहयोग

काठमाडौं : एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ।

अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न उक्त रकमले मद्दत गर्ने बैंकको विश्वास छ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र किओचका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान गरिएको छ।

यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रूपमा दर्साउने बैंकको भनाइ छ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आइरहेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १७१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

पुष २३, २०८० सोमबार १०:११:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।