मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बिहान कोशी र र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस रहेको छ। हिजो काठमाडौंमा यस वर्षको हाल सम्मकै न्यून ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

दिउँसो कोशी र मधेश प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

त्यस्तै, आज राति कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

२१ पुस, २०८०, १०:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।