पुस २० देखि २२ सम्म भृकुटीमण्डपमा फर्निचरसम्बन्धी प्रदर्शनी हुँदै

पुस २० देखि २२ सम्म भृकुटीमण्डपमा फर्निचरसम्बन्धी प्रदर्शनी हुँदै

काठमाडौं : शुक्रबारदेखि तीन दिन(पुस २० देखि २२)सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८०’ हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसले संयुक्त रूपमा आयोजना प्रदर्शनीको आयोजना गरेको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातीप्राप्त ब्रान्डहरूका एक सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउने उदेश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको हो।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहनेछ।

पुष १८, २०८० बुधबार ०९:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।