अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगलागी

अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगलागी

एजेन्सी : अवतरणको क्रममा रहेको जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ।

विमान राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणको क्रममा थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो।

विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको मिडिया रिपोर्टहरूले एयरलाइन्सलाई उद्धृत गर्दै जनाएको छ। ‘हामी हाल क्षतिको हदको मूल्यांकन गरिरहेका छौं,’ एयरलाइन्सले भनेको छ ।

जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

१७ पुस, २०८०, १६:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।