किशोरीहरूलाई दिल्ली पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

किशोरीहरूलाई दिल्ली पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

काठमाडौं : भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका-७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी, रिया वली भन्ने टीकाकुमारी वली रहेका छन्।

उनीहरूले विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट किशोरी तथा युवतीहरूलाई भारत पुर्याएर वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ।

ती किशोरी तथा युवतीहरूलाई दिल्लीमा आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

१७ पुस, २०८०, ०७:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।