कालिका पार्कमा १५ वर्षीया किशोरी बलात्कृत,  एक जना पक्राउ

कालिका पार्कमा १५ वर्षीया किशोरी बलात्कृत,  एक जना पक्राउ

काठमाडौं : १५ वर्षीया किशोरीलाई काठमाडौंको बुढालीलकण्ठस्थित कालिका पार्कमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङ रहेका छन्। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरी आएपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१५ पुस, २०८०, ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।