छोराले कुटेपछि घर छाडेकी आमा ढोकै अगाडि मृत भेटिएपछि…

छोराले कुटेपछि घर छाडेकी आमा ढोकै अगाडि मृत भेटिएपछि…

काठमाडौं : दोलखाको कालिन्चोकमा छोराको कुटपिटपछि घर छोडेर हिँडेकी एक वृद्धा मृत अवस्थामा भेटिएकी छन्।

कालिन्चोक गाउँपालिका-३ करमथली बस्ने ७८ वर्षीया कृष्णमाया बुढाथोकी आफ्नै घरको ढोकाअगाडि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार पुस १० गते ३५ वर्षीय छोरा दिपक बुढाथोकीले घरायसी विषयमा विवाद हुँदा कुटपिट गरेपछि कृष्णमाया ११ गते घर छाडेर हिँडेकी थिइन्।

तर १३ गते बिहान साढे पाँच बजे आफ्नै घरको ढोकाअगाडि मृत अवस्थामा भेटिएपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए।

मृतकको बायाँ आँखामुनि निलडाम रहेकोमा मुचुल्का उठाइ शव पोस्टमार्टमपछि मृतकको भदाले बुझेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।

१४ पुस, २०८०, १०:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।