भन्सार छलेर ल्याएको १७ हजार केजी प्याज बरामद

भन्सार छलेर ल्याएको १७ हजार केजी प्याज बरामद

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरेर ल्याएको १७ टनभन्दा बढी प्याज बरामद गरेको छ।

पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट साढे १७ हजार ७३० किलोग्राम प्याज बरामद गरेको हो।

गिट्टीको अनलाइन बिल भीटीएस देखाइएकोमा ट्रक जाँच गर्दा अवैध प्याज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ।

भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ।

१३ पुस, २०८०, ११:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।