१५ लाखको अवैध मोबाइलसहित एक जना पक्राउ

१५ लाखको अवैध मोबाइलसहित एक जना पक्राउ

बारा : जिल्ला प्रहरी कार्यायलले १५ लाखको अवैध मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ।

भन्सार छलेर ल्याएको मोबाइल लुकाएर राखेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले करिब १५ लाख मूल्य बराबरका अवैध मोबाइलसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-३ खोपवा टोलस्थितमा रूपन भन्ने रूपनारायण चौधरी रहेका छन्।

उनको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाइल कभर फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिए।

घटनाबारे प्रहरीले थप र आवश्यक अनुसन्धान गरिरहेको छ।

१२ पुस, २०८०, ०९:३१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।