बहस गर्दागर्दै समय सकिएपछि सन्दीप विरूद्वको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

बहस गर्दागर्दै समय सकिएपछि सन्दीप विरूद्वको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं : पटक पटक पेसी स्थगित हुँदै आएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा बसेको छ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको थियो। यसअघि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरू भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

बुधबार सरकारी वकिल र पीडित पक्षका वकिलले बहस गरेका थिए। जाहेरीवालातर्फबाट १० जनाले बहसका लागि नाम टिपाएका छन्। बुधबार अधिवक्ता मुरारी सापकोटाले बहस गर्दागर्दै समय सकिएको थियो।

बिहीबार सन्दीपका कानुन व्यवसायीले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरी जवाफी बहस हुने छ।

त्यसपछि मात्रै अदालतबाट फैसला आउनेछ। गत मङ्सिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

११ पुस, २०८०, १७:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।