हामीले महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गर्यौँ : प्रचण्ड

हामीले महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गर्यौँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले समानुपातिक प्रतिनिधित्व हुने व्यवस्थाको स्थापना गर्नमा माओवादीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

आज गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा माओवादीले सञ्चालन गरिरहेको विशेष रूपान्तरण अभियान अन्तर्गत जनतासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबारको रूपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौँ। यसबाट धेरै राम्रा काम पनि भएका छन्। त्यसको पक्षमा हामीले बोल्नुपर्छ। सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ।’

सरकारले राम्रा कामको सुरूवात गरेको भएपनि गणतन्त्र र परिवर्तन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको प्रचार जनता र परिवर्तन पक्षधरले गर्नुपर्ने उनको भनाइ थियो।

उनले गठबन्धन सरकार पाँचै वर्ष जिकिर गरे।

उनले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको भन्दै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गरिने बताए।

प्रधानमन्त्रीले भने, ‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने कामहरू गरेको छ। नागरिकता समस्या, मिटरव्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बूढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको छ। एक वर्षमा यति काम भए भने बाँकी चार वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्।’

११ पुस, २०८०, १६:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।