विधार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै अब काठमाडौं महानगरभित्रका स्कुलले डिआई राख्न नपाउने

विधार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै अब काठमाडौं महानगरभित्रका स्कुलले डिआई राख्न नपाउने

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएका छन्।

शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् भनेका छन्।

विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा डिआई नराख्न आह्वान गर्दै महानगरपालिकाले भनेको छ, ‘विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ। शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।’

६ पुस, २०८०, १८:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।