औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी पुस ५ देखि

औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी पुस ५ देखि

काठमाडौं : नेपाल फर्मा एन्ड हेल्थ औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुने भएको छ।

पुस ५, ६ र ७ गते भृकुटी मण्डप प्रदर्शनी स्थलमा हुने प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको स्टल रहने छन्।

प्रदर्शनी, सम्मेलन र साझेदारीलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ।

आयोजकका अनुसार नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्न यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने छ।

‘प्रदर्शनीेले विभिन्न देशका कम्पनी र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ।’, आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ भने सहभागिताको निम्ति दर्ता समेत खुला भएको जनाइएको छ।

३ पुस, २०८०, १८:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।