विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौँ : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने दाबी गरेका छन्।

सोमबार त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा उनले अब मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त हुने दाबी गरेका हुन्।

‘त्रिभुवन विश्व विद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्छु’ उनले भने।

उनले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने दाबी गर्दै खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरिका विज्ञ नेपालीलाई आव्हान समेत गरेका थिए।

उनले भागबन्डाको अन्त्य गर्ने घोषणासँगै राजनीति दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा नभई मेरिटको आधारमा नियुक्तिका लागि अग्रसर हुन अपिल गरेका थिए।

२ पुस, २०८०, १७:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।