पाहुना लाग्न गएकी किशोरी सुतेकै ठाउँमा मृत भेटिइन्

पाहुना लाग्न गएकी किशोरी सुतेकै ठाउँमा मृत भेटिइन्

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-७, निर्मलबस्तीमा पाहुना लाग्न आएकी एक किशोरी सुतेकै ठाउँमा मृत भेटिएकी छन्।

शान्ति प्रजाको घरमा हेटौंडा उपमहानगरपालिका-१७ हटियाबाट पाहुना लाग्न आएकी अन्दाजी १८/२० वर्षकी कान्छी प्रजा सुतेकै ठाउँमा मृत भेटिएकी हुन्।

बेलुकी खाना खाई एक्लै सुतेकी उनी बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

मृत्युको खबरपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली उनको आफन्तलाई खबर गरेको छ।

प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटकको नदेखिएको र शव पोस्टमार्टमको लागि हेटौं अस्पताल पठाइएको छ।

२५ मंसिर, २०८०, १०:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।