२९ तोला सुनसहित दुई जना पक्राउ

२९ तोला सुनसहित दुई जना पक्राउ

काठमाडौं : बर्दियामा २९ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका-१९ बस्ने २९ वर्षीय मोहन विक र राप्ति सोनारी गाउँपालिका-२ का ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेका छन्।

प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्र–३–०१–०२३ ८१६८ नम्बरको कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो।

चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको सुनसहित सवारी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो।

हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने विक र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ।

‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भने, ‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ।’

२५ मंसिर, २०८०, ०७:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।