बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं : साताको पाँचौं दिन सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहीबार तेजाबी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ रहेको छ।

बुधबार चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ नै थियो।

मंसिर २२, २०८० शुक्रबार ११:२६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।