युद्ध रोक्न गुटेरेसले गरेको अपीललाई ‘नैतिक पतनको नयाँ स्तर’ भन्दै इजराइलद्वारा राजीनामा माग

युद्ध रोक्न गुटेरेसले गरेको अपीललाई ‘नैतिक पतनको नयाँ स्तर’ भन्दै इजराइलद्वारा राजीनामा माग

एजेन्सी : संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले संयुक्त राष्ट्र संघका महासचिवले गरेको युद्धविराम अपीलप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई मानवीय आधारमा युद्धविराम गर्न अपिल गरेका थिए। यसप्रति इजरायलले असन्तुष्टि जनाउँदै उनको राजीनामा मागेको छ।

उनले भने, ‘आज महासचिव नैतिक पतनको नयाँ उचाइमा पुगेका छन्।’

गिलाड एर्डनले गाजामा हमासको आतंक कायम राख्न युद्धविरामको अपील गरिएको गम्भीर आरोप लगाए।

‘संयुक्त राष्ट्रसंघका महासचिवको मनोवृत्ति गाजा युद्धलाई लम्ब्याउने मात्र देखिन्छ,’ उनले थपे, ‘किनभने यसले युद्ध रोकिनेछ र हमास आतंककारीहरू  भाग्न सक्षम हुनेछन्।’

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गर्दै युद्ध रोक्न अपिल गरेका थिए।

मंसिर २१, २०८० बिहीबार १४:०६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।