एनसेलबारे प्रधानमन्त्रीले भने' के के भएको हो मैले राम्रोसँग बुझेको छैन, बुझेपछि भनौँला'

एनसेलबारे प्रधानमन्त्रीले भने' के के भएको हो मैले राम्रोसँग बुझेको छैन, बुझेपछि भनौँला'

काठमाडौँ : मलेसियन कम्पनी अजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर नेपालको सम्बन्धित निकायलाई जानकारी नै नदिई विक्री गरेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने' मैले राम्रोसँग बुझेको छैन।'

जनबायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका उनलाई एनसेलको सेयर विक्रीको घटनाबारे पत्रकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रश्न राखेका थिए।

उनले प्रश्नको जवाफमा भने' एनसेलबारे के-के भएको हो मैले राम्रोसँग बुझेको छैन। बुझेपछि भनौला।'

नेपालमा लगानीको वातावरण नभएको, दोहोरो कर, दूरसञ्चार सम्बन्धी कानुनमा रहेका प्रावधानमा असन्तुष्ट जनाएको अजियाटाले आफ्नो सबै सेयर विक्री गरेको सार्वजनिक गरिसकेको छ।

दूरसञ्चार प्राधिकरणलाई जानकारी र सूचना नै नदिई भएको विक्रीप्रति शङ्का बढाइरहेको छ नै ८० प्रतिशत सेयर किनेका सिंगापुरवासी नेपाली मूलका नागरिकको विवादित र शङ्कास्पद पृष्ठभूमिले समेत यो खरिद प्रक्रियालाई थप शङ्कामा पारेको छ।

आइतबारै सार्वजनिक लेखा समितिले एनसेल सेयर विक्रीसँग जोडिने नेपालका तीन निकायलाई पत्र पठाएर खरिद प्रक्रियाबारे प्रश्नहरू सोधेको छ। सांसद अमरेश सिंहले एनसेल सेयर खरिदमा प्रभावशाली नेताहरूलाई मुछेका छन्।

मंसिर १७, २०८० आइतबार २३:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।