१ लाख २० हजार नाघ्यो सुनको मूल्य

१ लाख २० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

गत शुक्रबारको तुलनामा तोलामा १८ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

मंसिर १७, २०८० आइतबार १२:००:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।