‘नाङ्गो गाउँ’को सिक्वेल थाती राखेर ‘दुःखी आत्मा’ बनाउँदै दीपेन्द्र, दयाहाङ पक्का

‘नाङ्गो गाउँ’को सिक्वेल थाती राखेर ‘दुःखी आत्मा’ बनाउँदै दीपेन्द्र, दयाहाङ पक्का

काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा फिल्म ‘दुःखी आत्मा’ बन्ने भएको छ।

निर्माण टिमले बुधबार फिल्मको घोषणा गरेको हो। फिल्म ‘नाङ्गो गाउँ’ कै निर्माण कम्पनी क्लक वर्क क्रियसन्स र हिमाल कडरियाको लगानीमा बन्नेछ।

सामाजिक सञ्जालमार्फत निर्देशक लामाले फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेको जानकारी दिए।

निर्देशक लामाले यसअघि ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ गरी तीनपटक दयाहाङसँग काम गरिसकेका छन्।

चैत अन्त्यतिरबाट काठमाडौंमा छायांकन हुने फिल्मका अन्य कलाकार र प्राविधिक पनि छिट्टै टुंग्याइने निर्देशक लामाको भनाइ छ।

यसअघि निर्माण टिमले ‘नाङ्गो गाउँ’ हिट भएको स्वघोषणा गर्दै सिक्वेल बजाउने घोषणा गरेको थियो।

तर अहिले त्यसलाई थाँती राखेर निर्माण टिम ‘दुःखी आत्मा’तिर लागेको हो।

निर्देशक लामाले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन्।

‘दुःखी आत्मा’ निर्देशक लामाको छैठौं फिल्म हो।

मंसिर १४, २०८० बिहीबार ०८:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।