लघु चलचित्र प्रतियोगिताका विजेतालाई एनसेलको पुरस्कार र सम्मान

लघु चलचित्र प्रतियोगिताका विजेतालाई एनसेलको पुरस्कार र सम्मान

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले तिहारअघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई नगदसहित सम्मान गरेको छ।

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो।

प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम भएको थियो। उक्त समूहले १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ।

यस्तै, सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअप हुँदै ७५ हजार, १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप भएर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरूमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए। प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो भने प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजयीहरूलाई बधाई दिए। उनले सहभागीहरूलाई पनि कथा भन्नका लागि यस्ता भिडियोहरू बनाइरहन आग्रह गरे।

लघु चलचित्र प्रतियोगिताका निर्णायकद्वय निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए।

विजयीहरूको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरू सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियो।

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले दिदिभाइको हृदयस्पर्शी सम्बन्धलाई तीनदेखि पाँच मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने शर्त थियो।

साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरू थिए।

मंसिर १४, २०८० बिहीबार ०७:५०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।