सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो १ लाख १९ हजार

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो १ लाख १९ हजार

काठमाडौं : साताको चौथो दिन बुधबार पनि सुनकाे मूल्यले कीर्तिमान कायम गरेको छ।

बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन १६ सय रुपैयाँले बढेको हो। मंगलबारको कीर्तिमानी मूल्य सुनले बुधबार तोडेको हो।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतितोला १ हजार ५२० रुपैयाँ कायम भएको छ।

मंसिर १३, २०८० बुधबार १३:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।