कमेडियन अपूर्वलाई अदालतले गरायो १० हजार जरिवाना

कमेडियन अपूर्वलाई अदालतले गरायो १० हजार जरिवाना

काठमाडौँ : कमेडी शोमार्फत नेवार समुदायको संस्कृतको अपमान गरेको आरोप लागेका कमेडियन अपूर्व क्षितिज सिंह अदालतबाट दोषी ठहर भएका छन्।

कमेडी शोको सामग्रीकै आधारमा न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले उनलाई सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी र सामाजिक रीतिथितिमा खलल सम्बन्धी कसुरमा १० हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका अपूर्वले कुमारी प्रथाबारे गरेको ब्यंग्यविरुद्ध प्रहरीमा उजुरी परेपछि उनी  २०७९ असोजमा पक्राउ परेर जिल्ला अदालतबाट २ लाख ५० हजार रूपैयाँ धरौटीमा छुटेका थिए।

मंसिर १२, २०८० मंगलबार २३:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।