सुनको मूल्य इतिहासकै उच्च

सुनको मूल्य इतिहासकै उच्च

काठमाडौं : नेपालमा सुनको मूल्य इतिहासकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार मूल्य तोकेसँगै देशमा सुनको मूल्य इतिहासकै उच्च भएको हो।

महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यो सोमबारसम्मको लागि इतिहासकै उच्च मूल्य थियो।

त्यसअघि कात्तिक १२ गते सुनको मूल्य तोलाको १ लाख १७ हजार कायम भएको थियो।

यस्तै, मंगलबार तेजाबी सुनको मूल्य १ लाख १७ हजार १५० रुपैयाँ कायम हुँदा चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको छ।

सोमबार चाँदी तोलाको १ हजार ५ सय रुपैयाँ प्रति तोला कारोबार भएको थियो।

मंसिर १२, २०८० मंगलबार ११:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।