तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सुनको मूल्य सोमबार तोलमा ५ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ प्रतितोला बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन १ लाख १६ हजार ८५० रुपैयाँ प्रतितोलामा कारोबार हुँदा चाँदी तोलामा १५ रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।

मंसिर ११, २०८० सोमबार ११:२२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।