६ सयले बढ्यो सुनको मूल्य

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर १०, २०८० आइतबार १२:४९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।