यसरी चल्दैछ अरिजित सिंहको कन्सर्टको अन्तिम तयारी (तस्बिरहरू)

यसरी चल्दैछ अरिजित सिंहको कन्सर्टको अन्तिम तयारी (तस्बिरहरू)

काठमाडौं : चर्चित बलिउड गायक अरिजित सिंहको कन्सर्ट आज हुँदैछ।

साँझ पाँच बजदेखि बौद्धस्थित हायत रिजेन्सीको चौरमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ।

बिहान १० बजेदेखि बक्स अफिस खुला भइसकेको छ भने दिउँसो दुई बजेदेखि गेट खुला गरिने आयोजक आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले जनाएको छ।

आफ्नो प्रस्तुतिका लागि सिंह काठमाडौं आइसकेका छन्।

आयोजकले कन्सर्टको तीनवटा दरको टिकट मूल्य तोकेको छ। सामान्यतर्फ ६ हजार ५ सय, फ्यानपिट नाम दिइएकोलाई ११ हजार र भीआईपी टिकटको दर १९ हजार तोकेको छ।

भीआईपी तर्फको पूरै टिकट बिक्री भइसकेको आयोजकको भनाइ छ।

९ मंसिर, २०८०, १२:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।