तीनकुनेमा युवा संघको प्रदर्शन, सुरक्षाकर्मीले छपक्कै सडक (तस्बिरहरू)

तीनकुनेमा युवा संघको प्रदर्शन, सुरक्षाकर्मीले छपक्कै सडक (तस्बिरहरू)

काठमाडौं : एमाले निकट राष्ट्रिय युवा संघले तीनकुनेमा गर्ने भनेको शक्ति प्रदर्शनमा मानिसहरू जम्मा हुन थालेका छन्।

काठमाडौंं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट प्रदर्शनमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता तीनकुने पुगेका छन्।

प्रदर्शनका कारण माइतीघर-भक्तपुर सडक पूर्ण रूपमा ठप्प भएको छ। सर्वसाधारणले सास्ती पाएका छन्। उनीहरू पैदल नै हिँडेर आफ्नो गन्तव्यतर्फ गइरहेका छन्।

युवा संघले यसलाई महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, राज्यको अकर्मण्यता, माफियागिरी, सामाजिक र धार्मिक सहिष्णुता र सद्भाव भड्काउने अपराधिक गतिविधि  विरुद्धको प्रदर्शन भनेको छ।

प्रदर्शनलाई लक्षित गरेर सरकारले हजारौं सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी नयाँ बानेश्वरदेखि तीनकुनेसम्म बाक्लो पहरा दिइरहेका छन्।

युवा संघका प्रदर्शनकारीलाई नयाँ बानेश्वरपट्टी आउन नदिन दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

७ मंसिर, २०८०, १२:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।