मिस युनिभर्स जेन सेमिफाइनलमा पुगेर बाहिरिइन्, उपाधि मिस निकारागुवालाई

मिस युनिभर्स जेन सेमिफाइनलमा पुगेर बाहिरिइन्, उपाधि मिस निकारागुवालाई

काठमाडौँ : मिस निकारागुवा सेनिस पालाशियोस् सन् २०२३ को मिस युनिभर्स भएकी छिन्। एलसाल्भाडोरमा आयोजित प्रतियोगितामा ८४ देशका प्रतिनिधीलाई उछिन्दै उनी मिस युनिभर्स घोषित भइन्। थाइल्यान्डकी एन्तोनिया पोर्सिल्ड फस्ट रनर अप भइन्।

एक दिन बिताउन चाहे कोसँग बिताउँछौँ भन्ने प्रश्नमा सोनिसले १८ औँ शताब्दीकी ब्रिटिस फिलोसफर मेरी वोलस्टनक्राफ्टलाई रोजेकी थिइन्। उनको तर्क थियो। मेरीले सीमा तोड्दै धेरै महिलालाई अवसरको निर्माण गरेको उत्तर दिएकी थिइन्।

शनिवार २० जना सेमिफाइनलिस्टको घोषणा भएको थियो। प्रारम्भिक चरणका प्रतियोगिता भोटका आधारमा २० जना छान्दा नेपालकी जेन दीपिका ग्यारेट समेत परेकी थिइन्। सेमिफाइनलमा पुगेकाहरूबाट उत्कृष्ट १० छान्दा उनी परिनन्।

बाहिरिए पनि पहिलो प्लस साइज मोडलको रूपमा जेनको चर्चा भइरह्यो। अमेरिकी मूलकी नेपाली जेन प्रतियोगिता अवधिभर मिडियामा हट केक बनेकी थिइन्। प्रतियोगितामा पहिलो पटक पाकिस्तानकी मिस युनिभर्स समेत सहभागी भएकी थिइन्। उनीसँगै जेलाई मिस युनिभर्सको प्रतियोगितामा पहिलो पटक प्लस साइजको मोडल सहभागी भएको भन्दै उनको आत्मविश्वासको प्रशंसा भएको थियो।

मंसिर ३, २०८० आइतबार १४:२०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।