सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

गत शुक्रबार एक लाख १५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।

तिहार बिदाको अघिल्लो दिनसम्म छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

मंसिर ३, २०८० आइतबार १३:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।