‘यो नेपाली शीर उचाली’मा खुकुरी समातेर नाचे विक्की कौशल, नेपाली नायिकाहरूले लेखे ‘आयो गोर्खाली’

‘यो नेपाली शीर उचाली’मा खुकुरी समातेर नाचे विक्की कौशल, नेपाली नायिकाहरूले लेखे ‘आयो गोर्खाली’

काठमाडौं : बलिउड अभिनेता विक्की कौशलले नेपाली देशभक्ति गीत ‘यो नेपाली शीर उचाली’मा खुकुरी समातेर नाचेका छन्।

लखनउमा उनले फिल्म ‘साम बहादुर’को गीत छायांकनको क्रममा गोर्खा रेजिमेन्टका भारतीय जवानहरूसँगै हातमा खुकुरी नचाउँदै नाचेका हुन्।

उनले सामाजिक सञ्जालमा इन्स्टाग्राममा नाचेको भिडियो क्लिपसमेत सार्वजनिक गरेका छन्। जुन गीतको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ।

नाचेको भिडियोको क्याप्सनमा ‘जय मा काली, आयो गोर्खाली’ लेखेका छन्। पहिलो पटक नेपाली गीतमा नाचेका उनले नेपालीको खुकुरी समातेर नाच्दा आफूलाई गौरव महसुस भएको समेत उल्लेख गरेका छन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा बनिरहेको फिल्म हो ‘सामबहादुर’। अहिले यहि फिल्ममा समावेश गीतको गीत सुटिङ भैरहेको छ।

मनेकसवाकै भूमिकामा विक्कीले अभिनय गरिरहेका छन्। जसको निर्देशन मेगना गुल्जारको छ।

फिल्ममा विक्कीको अलवा फातिमा सना शेख, सान्या मल्होत्रा लगायतको अभिनय रहेको यो फिल्म आगामी डिसेम्बर १ तारिखमा प्रदर्शन गर्ने जनाएको छ।

विक्कीको इन्स्टाग्रामको भिडियोमा नेपाली कलाकारहरूले पनि कमेन्ट गरेका छन्।

नेपाली कलाकारहरू वर्षा राउत, स्वस्तिमा खड्का, नीति शाह, सन्ध्या केसी, बेनिशा हमाल, नम्रता श्रेष्ठ, रेश्मा घिमिरे लगायतका कालकारहरूले ‘आयो गोर्खाली’ भनेर कमेन्ट गरेका छन्।

मंसिर ३, २०८० आइतबार १२:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।