गाजा पट्टीमा ब्ल्याकआउट

गाजा पट्टीमा ब्ल्याकआउट

एजेन्सी : गाजा पट्टीमा इन्धन अभावका कारण ब्ल्याकआउट भएको छ।

इन्धन अभावका कारण जेनेरेटर नचल्दा इन्टरनेट र मोबाइल सेवाहरू बन्द भएका छन्।

यी जेनेरेटरले मोबाइल टावर चलाउँदै आएका थिए।

दूरसञ्चार कम्पनी पल्टेल र जावालले आफ्नो नेटवर्क चलाउन आवश्यक इन्धन सकिन लागेको बताएका छन्।

पाँच हप्ताअघि इजरायल र हमाससँगको युद्ध सुरु भएयता त्यहाँ एकपटक मात्र इन्धनको डेलिभरी भएको थियो।

संयुक्त राष्ट्रसंघले ब्ल्याकआउटका कारण मानवीय सहायता कार्य अवरुद्ध भएको जनाएको छ।

यद्यपि, शनिबार इजरायलले गाजामा हरेक दिन दुई वटा इन्धन ट्रकहरू प्रवेश गर्न अनुमति दिने बताएको छ।

मंसिर २, २०८० शनिबार ११:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।