इजरायलले गाजामा दैनिक दुई इन्धनको ट्याङ्कर जान दिने

इजरायलले गाजामा दैनिक दुई इन्धनको ट्याङ्कर जान दिने

एजेन्सी : इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धनका ट्याङ्करहरूप्रवेश गर्न दिने बताएको छ।

अमेरिकाको दबाबपछि इजरायलले यो निर्णय गरेको हो।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १ लाख ४० हजार लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्।

यो इन्धन संयुक्त राष्ट्र संघद्वारा सञ्चालित सहायता ट्रक र राहत कार्यमा प्रयोग गरिनेछ।

बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण गाजामा यी सेवाहरू ठप्प छन्।

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने बताएको छ।

मंसिर २, २०८० शनिबार ०९:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।