नेपाल सम्वत् देशव्यापी प्रयोगमा ल्याउन मेयर बालेन साहको आग्रह

नेपाल सम्वत् देशव्यापी प्रयोगमा ल्याउन मेयर बालेन साहको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल संवत्लाई देशवयापपी प्रयोगमा ल्याउन पहल गरिदिन सरकारसंग आग्रह गरेका छन्।

आज मंगलबार बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने ‘काठमाडौं महानगरपालिकाले चै यो संवतलाई अफिसियलरुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरी नै यो संवतलाई प्रयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु।’

अर्को वर्षसम्म आईपुग्दा नेपाल संवत राष्ट्रिय रुपमै प्रयोग आउने आशा राखेको उनको भनाई छ। 

२८ कात्तिक, २०८०, १२:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।