काठमाडौं महानगरद्धारा तिहारका लागि सयपत्री फूलको माला विक्री खुला, यी चार ठाँउबाट किन्न पाइने

काठमाडौं महानगरद्धारा तिहारका लागि सयपत्री फूलको माला विक्री खुला, यी चार ठाँउबाट किन्न पाइने
फाइल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहारका लागि शनिबारबाट सयपत्री फूलको माला विक्रीका लागि खुला गरको छ। 

तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि महानगरले ४ स्थान तोकेको छ। 

महानगर प्रमुख बालेन शाहले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको जानकारी दिएका छन्। 

नेपालमा आर्थिक मन्दी भइरहेको बताउँदै प्रमुख शाहले नेपाली पैसा विदेश जानबाट रोक्न यो कदम चालिएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्। 

महानगर, नेपाल फ्लोरीकल्चर  एसोसिएसन र नेपाल चेम्बर अफ कर्मसले संयुक्त रुपमा फूल बिक्री वितरण गरेको जनाउँदै उनले किसानलाई तिहारका चार दिन महानगरले कुनै अवरोध नगर्ने बताएका छन्। 

२५ कात्तिक, २०८०, १७:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।