काठमाडौँ महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने
फाईल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ।

विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको मा यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरका प्रमुख बालेन शाहले जानकारी दिएका छन्। 

कोरोना महामारी तथा सुरक्षाको कारण विगतका वर्षहरूमा देउसी भैलो खेल्न समय छोट्याइएको थियो।

राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको प्रमुख बालेनले जानकारी दिए। 

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गर्दै मेयर शाहले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ।

२४ कात्तिक, २०८०, १२:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।