मालपोतका नायब सुब्बा र खरिदारविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा

मालपोतका नायब सुब्बा र खरिदारविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा र खरिदार विरुद्ध एक लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवामा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए। 

२३ कात्तिक, २०८०, १७:५३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।