त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसाल नियुक्त भएका छन्। 

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार डा. भुसाललाई निमित्त उपकुलपतिमा नियुक्त गरेका हुन्।

त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्तिक १६ गतेदेखि पदावधि समाप्त भएको थियो। 

प्रधानमन्त्री कार्यालयका अनुसार अनुसार बास्कोटाको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री एवम् कुलपतिबाट २०८० कार्तिक १७ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोकिएको हो।

२० कात्तिक, २०८०, ११:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।