भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।

घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए।

आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।

घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ।

कात्तिक १३, २०८० सोमबार १०:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।