शुक्रबार ०१ जेठ, २०८३
घाँस काट्न जाँदा अभिनेता घिमिरे लडेर गम्भीर घाइते
काठमाडौं : चरित्र अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन्।
उनी शुक्रबार विहान करिब ९:३० बजे पोखराको नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेका हुन्।
गम्भीर घाइते भएका घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
चरित्र अभिनेता घिमिरे पछिल्लो समय व्यस्त कलाकार हुन्। उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन्।
कात्तिक १०, २०८० शुक्रबार १४:५७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।