नेपालमा पहिलोपटक काठमाडौं विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन सुरु

नेपालमा पहिलोपटक काठमाडौं विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन सुरु

काठमाडौं : नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ। काठमाडौं विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो। 

बिहीबारदेखि सुरु भएको शिल्पकलाको शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलले बताए।

चार वर्षे उक्त कोर्सका लागि यस वर्ष २० जना विद्यार्थी भर्ना भएका छन्।

२६ असोज, २०८०, १३:२३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।