साधुका भेषमा लुकेका कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ

साधुका भेषमा लुकेका कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ

चितवन : कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए।

उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो।

उपरीक्षक पण्डितका अनुसार चापागाईंले २०६१ मङ्सिर १४ गते भरतपुर महानगरपालिका-७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए।

‘वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटाैंडाको विशेष सूचनाका आधारमा बर्दघाट-४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रूपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने।

चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान सुरू गरिएको प्रनाउ पण्डितले बताए।

२४ असोज, २०८०, १३:११:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।