ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट-२३’ सम्पन्न

ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट-२३’ सम्पन्न

काठमाडौं : ब्रिटिस एजुकेशन ग्रूप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट-२३’ सम्पन्न गरेको छ। बिहीबारबाट थापाथलीस्थिल कलेजको हातामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

कलेजले यसअघि जब फेयरको नाममा तीनवटा यस्ता कार्यक्रम गरेको थियो। यस संस्करणलाई अझै परिस्कृत बनाउँदै थप कम्पनीहरूको सहभागितामा यो संकरण सम्पन्न भएको हो।

क्वेस्टमा एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, बीबीए, बीएससी कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्सका विद्यार्थीहरू सहभागि भएका थिए।

उनीहरूलाई विज्ञहरूसँगै कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याकक्रडेनले एक साता लामो सशक्तिकरणको कक्षा पनि दिइएको थियो। यस सत्र मुख्यतः अन्तर्वार्ता तथा सीभी लेखनमा केन्द्रीत थियो।

सशक्तिकरणको कक्षापछि विद्यार्थीहरू दुई दिने करिअर क्वेस्टमा सहभागी भएका थिए। सो कार्यक्रममा २६ वटा ठूला कम्पनीहरूको सहभागिता रहेको थियो। सो कम्पनीहरूमा कलेजका वर्तमान तथा भूतपूर्व गरि २५० जना विद्यार्थीहरूले इन्टर्नसीप तथा कामको लागि अन्तर्वार्ता दिएका थिए।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै इन्टर्नसीप प्लेसमेन्ट तथा आल्मुनी अफिसर शिवानी अधिकारीले भनिन्, ‘क्वेस्टमार्फत हामीले शिक्षा र उद्योगको आवश्यकताबीचको ग्यापलाई कम गर्ने प्रयास गरेका छौं र यस प्रयासमा स्थानीयसँगै अन्तर्राष्ट्रिय कम्पनीहरूले हाम्रा विद्यार्थीहरूलाई अवसर प्रदान गरेको छ।’

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि प्रतिक्रिया दिँदै कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले भने, ‘हामी यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्वदेशमा नै उत्कृट जब तथा अवसरहरूको वातावरण तयार गर्दै आगामी दिनहरूमा हुन लागेको सम्भावित मानवीय स्रोतको ग्यापलाई पूरा गर्ने प्रयासमा लागिरहेका छौँ।’

२१ असोज, २०८०, २०:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।