उद्योगले आफ्ना जनशक्तिलाई व्यवस्थापकीय सीप र तालिम दिनुपर्छ : डीन शर्मा

उद्योगले आफ्ना जनशक्तिलाई व्यवस्थापकीय सीप र तालिम दिनुपर्छ : डीन शर्मा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई उद्योग तथा कम्पनीले रोजगारी दिँदा व्यवस्थापकीय सीप र तालिम दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा पद्मकन्या क्याम्पसको वाणिज्य व्यवस्थापन संकायले आयोजना गरेको वाणिज्य व्यवस्थाप शिक्षा विषयको अन्तक्रिया कार्यक्रममा डीन शर्माले वाणिज्य व्यवस्थापन पढेका जनशक्तिलाई उद्योगले रोजगारी दिँदा सीप विकासको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए।

कार्यक्रममा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वाणिज्य व्यवस्थापनको अध्ययन गरेका विद्यार्थीले अरूको कम्पनीमा रोजगारी गर्नुभन्दा आफैँ रोजगारको सिर्जना गर्नुपर्ने बताए।

उनले व्यवस्थापनमा जोखिम हुने भएकोले जोखिम र निर्णय लिनसक्ने व्यक्ति नै सफल हुने बताए। प्रमुख कार्यकारी अधिकृत देवकोटाले व्यवस्थापनका विद्यार्थीले बजारमा आफ्नो सामान र आफुलाई चिनाउन सक्ने हुनेपर्नेमा जोड दिए।

पद्मकन्या क्यामपस वाणिज्य व्यवस्थापन संकायका प्रमुख सह प्राध्यापक अग्निधर पराजुलीले वाणिज्य व्यवास्थापन कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउने बताए।

त्यस्तै, कार्यक्रममा पद्मकन्या क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले वाणिज्य व्यवस्थापन संकायको लागि आवश्यक पर्ने सबै कुराको व्यवस्थापनमा सहयोग गर्ने बताइन्।

पद्मकन्या क्याम्पसले वाणिज्य व्यवस्थापन विषय भर्खरै सञ्चालनमा ल्याएको हो।

२० असोज, २०८०, २०:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।