स्लाइसको बोतलमा लेदो भेटिएपछि काठमाडौं महानगरले वरुण वेभरेजलाई तिरायो दुई लाख जरिवाना

स्लाइसको बोतलमा लेदो भेटिएपछि काठमाडौं महानगरले वरुण वेभरेजलाई तिरायो दुई लाख जरिवाना

काठमाडौं : स्लाइसको बोतलमा कालो लेदो भेटिएपछि काठमाडौं महानगरले वरुण वेभरेजलाई २ लाख जरिवाना तिराएको छ। 

उपभोक्ताको गुनासो आउन थालेपछि अनुगमनका क्रममा कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको बोतलमा कालो लेदो भेटिएको महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए।

सोमबार अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुगेरै अधिकारीहरूसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थको गुण र अवस्थाका विषयमा प्रश्न गरेको थियो। अधिकारीहरुले जवाफ दिन नसकेपछि जरिवाना तिराइएको  डा. झाले बताए। 

टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रासायनिक र भौतिक गुणस्तर परीक्षण गर्न निर्देशन दिएको उनले जानकारी दिए। 

१५ असोज, २०८०, १६:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।